काठमाडौँ । मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौँ दिन बजार घटेको छ ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको कारोबार भएको छ ।







