१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित

अ+ अ-

घोराही (दाङ) । दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

लमहीस्थित क्रिकेट रङ्गशालामा टस हारेपछि पहिला ब्याटिङ गरेको कर्णालीले २७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९१ रन मात्र बनायो । बयानब्बे रनको विजयी लक्ष्य गण्डकीले २९ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । गण्डकीका लागि दिपक डुम्रेले अद्र्धशतीय पारी खेले । उनले ७८ बल खेल्दै सात चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै सुजन गौतमले अविजित २२ रन बनाए ।

बलिङतर्फ कर्णालीका दिवान पुनले तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा पाँच ओभर मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै दीपेन्द्र रावतले दुई तथा युनिस ठकुरीले एक विकेट लिए ।

यसअघि ९१ रन बनाउने क्रममा कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए ।

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल, सुवाश भण्डारी र विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस