१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञहरूले भने- ‘आफूलाई नसुधारे बैंकहरू लोप हुनेछन्’

अ+ अ-

काठमाडौँ । बदलिँदो विश्वमा आफूलाई अद्यावधिक गर्दै नगए बैंकहरू ‘कोडाक’ जस्तै लोप हुने विज्ञहरूले बताएका छन् ।

काठमाडौँ फिन्टेक र ट्याब ग्लोबलले ललितपुरमा आयोजना गरेको डिजिटल बैंकिङमा नेतृत्व सम्बन्धी एक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा सिंगापुरमा प्रधान कार्यालय भएको ‘द एसियन बैंकर (ट्याब ग्लोबल) का संस्थापक इम्यानुअल ड्यानियलले दिनदिनै विकास भइरहेको डिजिटल प्रविधि अनुरूप बैंकहरूले आफूलाई ढाल्न नसके उनीहरू लोप भएर जाने बताए ।

‘सन् १९७५ मै फिल्म कम्पनी कोडाकका इन्जिनियरले पहिलो पटक डिजिटल क्यामरा आविष्कार गरेका थिए, तर फिल्म फोटोमा विश्वको सबैभन्दा ठूलो कम्पनी उसले भविष्यमा डिजिटल प्रविधि विकास यसरी होला भनेर अनुमान नै गर्न सकेन,’ उनले भने, ‘तर, डिजिटल क्यामरा र फोनको क्यामराका कारण बहुराष्ट्रिय कम्पनी दिवालिया भयो ।’

अहिले बैंकिङमा टोकनाइज्ड सम्पत्तिको कारोबार भइरहेको छ, क्रिप्टो लगायत प्रविधि तीव्र विकास भइरहेको छ । यस्तो अवस्थामा ९ देखि ५ बजेसम्म बैंकको कार्यालय खोलेर मात्रै व्यापार गरिरहे भने बैंकहरू लोप हुने उनको विश्लेषण छ ।

‘अब दुई व्यक्तिबीचको कारोबारका लागि बैंक नै नचाहिने भइसक्यो, कारोबार लागत शून्य बराबर छ । तर, बैंकहरू डिजिटलाइज्ड हुन सकिरहेका छैनन्, कम्प्युटराइज्ड हुँदैछन्, त्यसैलाई डिजिटल भनिरहेका छन्, यो तरिकाले उनीहरूको अस्तित्व खतरामा छ,’ नेपालका बैंकरहरूले भाग लिएको कार्यक्रममा उनले भने ।

बैंकको भविष्य भनेको वित्तीय समावेशिता, डिजिटल प्लेटफर्म, व्यक्तीकरण र डिजिटल सम्पत्तिमा रहने उनले बताए । ‘नेपालका बैंकहरू अझै पनि श्रमप्रधान रहेको देखिन्छ, उनीहरूले आफूलाई तत्कालै डिजिटलाइज गर्न आवश्यक छ,’ उनले भने ।

भारतको बैंक अफ बडौदाका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक अनिल खण्डेलवालले बैंकिङ सेवा सर्वसाधारण जनताले सजिलो किसिमले बुझ्ने हुनुपर्ने बताए ।

‘बैंकहरूले प्रविधिमा ध्यान केन्द्रित गर्न आवश्यक छ, तर उनीहरूले के बिर्सन हुँदैन भने बैंकिङ भनेको सामाजिक–प्राविधिक संस्था हो,’ उनले भने ।

बैंकिङ क्षेत्रको नेतृत्वका लागि निरन्तरको सिकाइ नै प्रमुख पोषकतत्व रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस