१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा पहिलो पटक सार्वजनिक बस सेवा सञ्चालनको तयारी

अ+ अ-

मनाङ । हिमालपारीको सुन्दर पर्यटकीय जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने तयारी भएको छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखहरूको सहभागिता थियो।

बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण यात्रा सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ।

मनाङमा हालसम्म यात्रुहरूको लागि मुख्य रूपमा ५ सिट क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन्। जसका कारण यात्रुहरूले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या रहेको छ। सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीमा समेत सहजता आउने विश्वास गरिएको छ। प्रमुख जिल्ला अधिकारी आचार्यले प्रशासनसँगको कुराकानीमा यसले यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताएका छन्।

बेसीसहर-चामे सडक-खण्डमा यात्रुवाहक बस सञ्चालनका लागि विगतमा विपद् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि यसको कार्यान्वयन हुन सकेको थिएन। समन्वय बैठकले उक्त निर्णयलाई पुनः अनुमोदन गर्दै बस सेवा तत्काल सञ्चालन गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ।

बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रा.लि. लगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिनेछ।

यात्रुवाहक बस सञ्चालनलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा यातायात व्यवसायीबीच आवश्यक समन्वय तथा सहजीकरण गरिनेछ।

बस सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानहरूको पहिचान गरिनेछ। उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयले समन्वय गर्नेछ। पहिचान गरिएका स्थानहरूको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय दमौली, डुम्रे–बेसीसहर–चामे सडक आयोजना, जलविद्युत आयोजना तथा स्थानीय तहसँग आवश्यक पहल गरिनेछ।

मनाङमा पहिलो पटक बस सेवा सञ्चालन भएसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने, स्थानीय जनताको आवागमन सहज हुने तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस