२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्भेस्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचीकृत हुनका लागि निर्देशन दिएको छ ।

पाँच करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, वार्षिक १० करोड वा सोभन्दा बढी कारोबार गर्ने कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने भएको छ ।

धितोपत्र कारोबार गर्ने गरी पछिल्लो समय विभिन्न इन्भेस्टमेन्ट कम्पनीहरू कम्पनी रजिस्टार कार्यालयमा मात्रै दर्ता भएर सञ्चालनमा आएका छन् । तिनै कम्पनीलाई बोर्डले सूचीकृत हुन भनेको हो ।

यो विषयलाई कतिपयले गलत व्याख्या गरेका छन् । नेप्सेमा सूचीकृत इन्भेस्टमेन्ट सेक्टरका कम्पनीलाई यस्तो निर्देशन दिइएको भन्दै गलत प्रचार भएको छ ।

बोर्डका अनुसार बजारमा सूचीकृत भएका कम्पनीलाई नभई अन्य कम्पनीलाई यस्तो निर्देशन दिइएको हो । नेप्सेमा सूचीकृत कम्पनी पहिले नै बोर्डमा सूचीकृत भइसकेका हुन्छन् ।

पछिल्लो समय इन्भेस्टमेन्ट कम्पनी खोल्दै धितोपत्र बजारमा कारोबार गर्ने कम्पनी बढेका छन् । ५ करोड वा सोभन्दा माथिका त्यस्ता कम्पनीलाई अब धितोपत्र बोर्डले नियमन गर्नुपर्ने भएको छ ।

यसअघि नै ५ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, १० करोड रुपैयाँ वा सोभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीका लागि नियमन गर्नका लागि धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्दै पुस १८ गते नै राजपत्रमा सूचना सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस