२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

अ+ अ-

तेह्रथुम । छथर गाउँपालिका-६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।

चाङलुङ गुफा क्षेत्रमा हरेक दिन जसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका-६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स-साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीको आवाजले चाङलुङ गुफा विचरणलाई थप यादगार बनाउँछ । 

यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको बासस्थान रहेको किंवदन्ती छ । स्थानीयले तिनको विशेष पूजाआराधना गर्दै आएका स्थानीय रमेश खड्काले बताए । किंवदन्तीअनुसार प्राचीनकालमा चाङलुङ गुफाबाट चार किलोमिटर माथिको दारेगौँडाबाट एक बिजुवानी र एक कुकुर गुफाभित्र छिर्दा कुकुर मात्र चाङलुङ गुफामा निस्कियो । बिजुवानीभित्रै कतै अलप भइन् । उनी नै चाङलुङ देवी र मच्छिन्द्र देवीका रूपमा परिणत भएको विश्वासमा स्थानीयले पूजाआजा गर्न थालेको र यहाँ शक्तिशाली देवी रहेको विश्वास रहेको स्थानीय बुद्धिमान लिम्बूले बताए । 

चाङलुङ गुफाको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारले लगानी गरेका छन् । विसं २०७५ यता चाङलुङ गुफा पर्यटन प्रवर्द्धनमा तीन तहका सरकारका रु तीन करोड बजेट खर्च भइसकेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । पर्यटक आकर्षित गर्न स्वागतद्वार, चट्टाने पहराको टुप्पोमा रिफ्रेसमेन्ट (हावाघर), सिँढी मार्ग, रेलिङ, फलैँचा, लभपार्कजस्ता संरचना निर्माण गरिएका छन् । 

कतिपय संरचना निर्माणाधीन अवस्थामा रहेका वडाध्यक्ष मादेनले बताए । प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र अनौठो लाग्ने चाङलुङ गुफालाई भविष्यमा पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छ थरका अध्यक्ष लिम्बूले बताए । कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे बजार हुँदै छथर गाउँपालिका–५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट तीन किलोमिटर कच्ची सडक हुँदै चाङलुङ गुफा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस