१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखद्वारा सुखानी सहिदका तस्बिर अकिंत हुलाक टिकटमा टाँचा

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अकिंत हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् । 

 झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जंगलमा हत्या गरिएको  थियो ।

झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उनीहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।

 संघीय सरकारले उनीहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उहाँहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदहरूको तस्बिर अकिंत हुलाक टिकटको मूल्य रु १० तोकिएको छ ।

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा  सुखानीको जंगलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्त्वपूर्ण कार्य भएको बताए । 

उनले भने, “मानिस स्वतन्त्र भएर बाँच्न राजनीतिक हक अधिकार, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र चाहिन्छ भनी देशहित र जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने सहिदका नाममा  हुलाक टिकट प्रकाशन हुनु भनेको उनीप्रतिको सम्मान हो ।”

सभामुख घिमिरेले सहिदको बलिदानीको जगमा राजनीतिक उद्देश्यमा मुलुकले एउटा सफलता प्राप्त गरे पनि समाजलाई उपलब्ध गराइनुपर्ने सुविधा र शासन प्रणाली स्वस्थ ढंगबाट अघि जानुपर्नेमा अनेक चुनौती देखा परिरहेका बताए ।

उनले भने, “सहिदका अधुरा सपनालाई साकार गर्न वर्तमान सरकारले पीडितका पक्षमा काम गर्न सकोस् । सहिदले राष्ट्र र जनताको हितका लागि गरेको योगदानबारे जानकारी गराउन हुलाक टिकट प्रकाशन ऐतिहासिक कदम रहनेछ ।” 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले हुलाक टिकटमा समेटिएका विषयवस्तुले भौगोलिक, जातीय र सांस्कृतिक पृष्ठभूमिलाई युगौँयुगसम्म अध्ययन र अनुसन्धान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखे। उनले भने, “झापाको सुखानीमा सहिद प्राप्त गर्नुहुने अमर सहिदको वीरताको गाथालाई हुलाक टिकट प्रकाशन भएबाट सदासर्वदा स्मरण गराउनेछ ।” 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई (पङ्गेनी)ले हुलाक टिकटमा समेटिएका ऐतिहासिक धरोहर, सम्पदा, प्रकृति, संस्कृति, पुरातात्त्विक सम्पत्ति र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति र व्यक्तित्वको पहिचान स्थापित हुने धारणा व्यक्त गरे । 

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक टिकटमा अकिंत तस्बिरले सहिदको योगदानको देश–विदेशमा समेत पहिचान र स्मरण भइरहने विचार प्रकट गरे । 

सुखानी सहिद स्मृति प्रतिष्ठानका सदस्य गेहनाथ पौडेलले तत्कालीन पार्टीको निर्णयअनुरूप किसान र मोहीका हकहितका लागि निस्किएका झापाका युवा विद्रोह नै हालको लोकतन्त्र प्राप्तिको जग भएको भनाइ राखे। सो अवसरमा सहिदद्वय दाहालपत्नी विश्वेश्वरा र घिमिरे पत्नी जीवनलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस