ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३, वाम्द्यालमा निर्मित ‘स्वालेवा (चिन्डो)स्तम्भ पार्क । दुई रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कमा निर्मित स्वालेवाको उचाइ ३९ फिट छ । यहाँ रु ८९ लाख ७९ हजार ८९४ लागतमा स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ । स्वालेवा र अदुवा किरात समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म अनिवार्य प्रयोग गरिन्छ । तस्बिर: कुम्भराज राई