१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा ऐनबारे पूर्वसचिव ढुंगेलको चिन्ता: विज्ञहरूसँग परामर्श आवश्यक

अ+ अ-

काठमाडौँ । पूर्वसचिव द्वारिकानाथ ढुंगेलले संघीय निजामती सेवा ऐन निर्माण प्रक्रियामा देखिएको अन्योल र विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले संविधान अनुसार नयाँ निजामती सेवा ऐन निर्माण भइसकेको हुनुपर्नेमा अहिलेसम्म प्रक्रिया लम्बिँदै गएकाले त्यसले निजामती सेवालाई थप गिजोल्ने संकेत गरेको बताएका छन्।

ढुंगेलले ऐन निर्माण प्रक्रियामा अनेकौँ असमझदारी उत्पन्न भइरहेको उल्लेख गर्दै, कहिले अतिरिक्त सचिवको व्यवस्था, कहिले समावेशी कोटा, कहिले खुला प्रतिस्पर्धा प्रथम वा द्वितीय श्रेणी मध्ये एकमा मात्र राख्ने जस्ता विषयलाई खुद्रा सामान जस्तै किनबेच गर्ने शैलीमा छलफल गरिनु आपत्तिजनक भएको बताए। उनले ऐन निर्माणका क्रममा अवधारणात्मक स्पष्टता, विगतका सबल-दुर्बल पक्षको गहन विश्लेषण तथा प्रशासन सुधार आयोगका प्रतिवेदनको आधार लिनुपर्नेमा जोड दिएका छन्।

उनले हालै बाहिर आएका विषयहरू प्रशासन सुधार आयोग २०४८ ले पहिल्यै उठाइसकेको उल्लेख गर्दै, आयोगका तत्कालीन सदस्यहरूसँग परामर्श गरेर मुलुकको हितमा ऐन निर्माण गर्नुपर्ने बताए। उनका अनुसार आयोगका तत्कालीन सदस्य डा। रामशरण महत, गोरक्षबहादुर न्हुच्छे प्रधान, दामोदर प्रसाद गौतम, श्याम प्रसाद अधिकारी, नारायणराज तिवारी अझै सक्रिय छन्। साथै, अर्जुनमणी आदी, डा. हिरामणी घिमिरे, र जनकराज जोशीले पनि प्रशासनिक सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

ढुंगेलले सम्बन्धित समितिलाई ती विज्ञहरूसँग परामर्श गरेर ऐन निर्माण प्रक्रियालाई सुव्यवस्थित बनाउनु पर्ने सुझाव दिएका छन्। उनका अनुसार निजामती सेवा राज्य सञ्चालनको बलियो आधार स्तम्भ भएकाले ऐन निर्माण गर्दा गहिरो अध्ययन र दीर्घकालीन सोच आवश्यक छ।

निजामती सेवाका विषयमा भइरहेको हालको बहसलाई सञ्चार माध्यमहरूले उत्तेजित रूपमा मात्र नउठाई गम्भीर अध्ययनसहित प्रस्तुत गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस