काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले अजिख्य रहानेलाई कप्तानमा चयन गरेको छ ।
आफ्नो ‘ट्रफि विनिङ’ कप्तान श्रेयस अय्यरलाई रिलिज गरेको कोलकाताले अक्सनबाट जम्मा डेढ करोडमा खरिद गरेको रहानेलाई कप्तानको जिम्मेवारी दिएको हो ।
लामो समयको पर्खाइपछि आफ्ना फ्यानहरुको खुलदुलीलाई मेट्दै कोलकाताले कप्ताको चयन गरेको हो ।
केकेआरले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ। ३६ वर्षका रहाने भारतका सफल तथा अनुभवी खेलाडी समेत हुन् ।
उनले मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् । सन् २०२२ मा समेत कोलकाताका खेलाडी रहेका रहाने हाल मुम्बईको रणजी ट्रफिका कप्तान समेत हुन् ।







