काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सेवाका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन् ।
नेपाल प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको विज्ञापन नम्बर २,४/०७९-८० (आ.प्र., खुला र महिला) विभिन्न श्रेणी, सेवा, समूह, पदहरूको लागि लोक सेवाले परीक्षा लिएको थियो । उक्त परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेको आयोगले सोमबार एक सूचना जारी गरी जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना :
