१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खड्काको दाबी : ‘संविधान संशोधन तयारीका लागि एक महिनाभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्रै काँग्रेस र एमालेको संयन्त्र बन्ने बताएका छन् । 

उनले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको भन्दै संयन्त्र बनाएर काम अघि बढ्ने बताए ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको तयारीबारे भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभापति खड्काले दुई दलबीच संयन्त्र बनेर छलफल सुरु भएपछि सरकारमा सहभागी र त्यसपछि प्रतिपक्षी दलहरूसँग छलफल थाल्ने बताए ।

उनले संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने गरी संशोधनका विषयमा छलफल चलाइने सुनाए ।

फरक प्रसंगमा उनले संसदमा पेश भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक केही परिमार्जनसहित पारित हुने बताए । संविधानले दिएको अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्न खोजिएको उनको भनाइ थियो ।

सोमबार र मंगलबार भैरहवामा हुने दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीको आन्तरिक नीति, आगामी यात्रा, क्रियाशील सदस्यता, नवीकरण, समसामयिक मुद्दा, सरकारले गरेका कामलगायतका विषयमा व्यापक छलफल उनको भनाइ छ । कार्यक्रमको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् ।

प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति लगायतका नेताको सहभागिता रहनेछ । नेपाली काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यतामा कार्यक्रम हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस