काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा पदपूर्तिका लागि हाउस अफिसर पदमा आवेदन आह्वान गरिएको हो ।
सम्बन्धित विषयमा एम.बी.बी.एस. उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८१ फागुन २५ गतेभित्र आवेदन दिन सक्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ ।
