१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी मन्त्रीका स्वकीयको मृत्युबारे संसदीय छानबिनको माग

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको घटनामा छानबिन गर्न संसदीय समिति गठनको माग गरिएको छ ।

बागमती प्रदेश सभाका विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले मन्त्री श्रेष्ठको राजीनामा पनि मागेका छन् । आज बिहीबार ३ दलले संयुक्त विज्ञप्ति जारी गर्दै थापाको अकल्पनीय मृत्युको घटनालाई रहस्यमय बनाएको जनाएको छ ।

मृतकको स्वलेख (सुसाइड नोट), सहकारी सम्बन्धी बाहिरिएको अडियो रेकर्डमा मन्त्री श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको घटना रहस्यमय बनेको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।

विज्ञप्तिमा ढकालसहित राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङ र एकीकृत समाजवादी संसदीय दलबाट वसन्तप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

घटनाको प्रदेश स्तरमा संसदीय छानबिन समिति बनाई वास्तविकता बाहिर ल्याउनुपर्ने माग राखिएको छ ।

गत सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका मन्त्री श्रेष्ठका स्वकीय ३६ वर्षीय थापाको उपचारको क्रममा सोमबार राति नै कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । उनको साथबाट ‘सुसाइड नोट’समेत फेला परेको छ ।

थापाको मृत्युको पछाडि काठमाडौँको सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड सहकारीसँगको घटना जोडिएको छ । मृत्यु प्रकरणमा सहकारी र सार्वजनिक भएको अडिओसम्बन्धी विषय रहेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस