२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको पर्यटन प्रवर्द्धनका लागि बहरीनमा दूतावासद्वारा विशेष कार्यक्रम आयोजना

अ+ अ-

मनोमा, बहरीन । नेपाल सरकारको पर्यटन प्रवर्द्धन अभियानलाई सघाउने उद्देश्यसहित नेपाल सरकारको बहरीनस्थित दूतावासले फेब्रुअरी २४, २०२५ मा टुरिजम टु नेपाल : माउन्टेन एण्ड मोर विषयक विशेष कार्यक्रम आयोजना गरेको छ । बहरीनको मनोमास्थित द डिप्लोम्याट र्‍याडिसन ब्लु होटलमा आयोजित उक्त कार्यक्रममा नेपालका विविध पर्यटन सम्भावनाहरूलाई उजागर गर्दै नेपाल-बहरीन पर्यटन सहकार्यलाई थप मजबुत पार्ने विषयमा छलफल गरिएको थियो ।

बहरीन स्थित नेपाली दूतावासका अनुसार कार्यक्रममा बहरीन पर्यटन तथा प्रदर्शनी प्राधिकरणका सल्लाहकार डा. अलि हसन फोलाद सम्माननीय अतिथिका रूपमा सहभागी भए, जसले बहरीनका पर्यटन मन्त्री महामहिम फातिमा बिन्त जाफर अल सैराफीलाई प्रतिनिधित्व गरे । साथै, बहरीन संसद्का सदस्यहरू महामहिम अब्दुल्ला खलिफा अल रोमाइही, महामहिम मोहमद हुसैन जनाही, महामहिम न्यान्सी दिनाह एली खेदौरी, श्रम बजार नियामक प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महामहिम निब्रास मोहम्मद तालिब, होटेल तथा पर्यटन व्यवसाय विद्यालयका महाप्रबन्धक महामहिम शेख खालिद बिन खलिफा अल खालिफा, तथा बहरीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आतिथ्य तथा पर्यटन समितिका अध्यक्ष श्री जिहाद इब्राहिम अमिन लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।

उक्त कार्यक्रममा बहरीन चेम्बर, बहरीन व्यवसायी महिला समाज, बहरीन व्यवसायी संघ, बहरीन साना तथा मझौला उद्योग समाज, बहरीन ट्राभल तथा टुर एजेन्सी संघका प्रतिनिधिहरू, व्यवसायी, पत्रकार, नेपाल भ्रमण गरिसकेका पर्यटक, यात्रा प्रेमीहरू तथा बहरीनमा रहेका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको दूतावासले जनाएको छ ।

नेपालका लागि बहरीनका राजदूत तीर्थराज वाग्लेले उद्घाटन मन्तव्य दिँदै नेपालमा दिगो पर्यटन प्रवर्द्धन, नेपाली आतिथ्य सत्कार, समृद्ध सांस्कृतिक सम्पदा, र साहसिक पर्यटनका सम्भावनाहरूको बारेमा प्रकाश पारे । उनले नेपाल–बहरीन पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गल्फ क्षेत्रका पर्यटकहरू नेपालका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताप्रति आकर्षित भइरहेको तथ्य प्रस्तुत गरे ।

बहरीन पर्यटन तथा प्रदर्शनी प्राधिकरणका सल्लाहकार डा. अलि हसन फोलादले नेपालले पर्यटन प्रवर्द्धनका लागि गरिरहेका प्रयासहरूको प्रशंसा गर्दै नेपाल-बहरीन पर्यटन साझेदारीलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा नेपालका परम्परागत संगीत र नृत्य समावेश गरिएको सांस्कृतिक प्रस्तुति, नेपालको प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाहरू झल्काउने भिडियो प्रदर्शन, तथा नेपाल भ्रमण योजनाका बारेमा विस्तृत जानकारी दिने उपप्रमुख सुजना अर्यालको प्रस्तुति विशेष आकर्षण बने ।

बहरीनी साहसिक यात्री, लेखक तथा प्रेरक वक्ता मोहमद ईसाले ‘एक बहरीनी यात्रीको नजरमा नेपाल’ विषयक विशेष प्रस्तुति दिँदै आफूले नेपाल भ्रमणका क्रममा अनुभव गरेका रोमाञ्चक क्षणहरू तथा एभरेष्ट आधार शिविर यात्राको संस्मरण सुनाए ।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा बहरीनका सांसद महामहिम अब्दुल्ला खलिफा अल रोमाइहीले नेपालको पर्यटन प्रवर्द्धनका विविध पक्षबारे प्रशंसा गर्दै नेपाल भ्रमण गर्ने रुचि व्यक्त गरे ।

कार्यक्रम नेपाली परिकारहरूको स्वाद चाख्ने रात्री भोज तथा नेपालको पर्यटन सम्बन्धी प्रचार सामाग्रीहरू वितरणसँगै सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस