१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा पौने ४ किलो सुनसहित चार उज्बेक नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३.७४५ किलो (पौने ४ किलो) सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन्, जो सबै उज्बेकिस्तानका नागरिक भएको खुल्न आएको छ।

विमानस्थल प्रशासन स्रोतका अनुसार, उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट काठमाडौँ आएका थिए। विमानस्थलको टर्मिनल गेटमा शंका लागेपछि सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट सुन बरामद गरिएको हो। पक्राउ परेकाहरूको परिचय उज्बेकिस्तानका नागरिक अखमदजनोभ्ना डिल्फुजा मारिफालिभ, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामजनोभ्ना उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेका छन्। तुर्सुनोभ बाहेक अन्य सबै महिला हुन्।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र उनीहरूले कसरी सुन तस्करी गर्न खोजेका थिए र यसको पछाडि संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस