२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैंगिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ: मन्त्री सुडी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक नागरिकका हक अधिकारलाई संस्थागत गर्दै सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

निल हिरा समाजद्वारा आज आयोजित ‘विविधता गतिशीलता: न्यायसंगत, समावेशी र दिगो एसियाको लागि एकता’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक नागरिकका हक अधिकारलाई संस्थागत गर्दै नीतिगत सुधार गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सरकार, नागरिक समाज, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम र समुदायबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए ।

सहकार्य र आपसी साझेदारी लैंगिक समानता प्राप्त गर्ने मार्गको महत्त्वपूर्ण आधार रहेको भन्दै मन्त्री सुडीले समावेशी समाज निर्माण गर्न नीति निर्माण तहदेखि समुदाय स्तरसम्म सबैको सहभागिता आवश्यकता रहेकामा जोड दिए । उनले सरकार मानवअधिकार, समानता र समावेशी समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री सुडीले भने “हामी मानवअधिकारको रक्षा मात्र होइन, समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्न चाहन्छौँ, नेपालमा समावेशी संस्कृतिलाई सम्मान गर्ने परम्परा पनि छ, सोहीअनुरूप मैले समावेशिताबारे संविधान, ऐन कानुनबमोजिम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” सबै क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका लागि सुरक्षित स्थान हुनुपर्नेमा जोड दिँदै उनले सुरक्षित स्थान केवल भौतिक संरचना मात्र नभएर एक सामाजिक, कानुनी र मानसिक वातावरण भएको बताए ।

“व्यक्ति आफ्नो वास्तविक पहिचान खुलस्त रूपमा अभिव्यक्त गर्न, भेदभाव र हिंसाबाट मुक्त रहन र समानता प्राप्त गर्न सक्नुपर्छ । सरकार, नागरिक समाज र समुदाय मिलेर मुलुकलाई यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका लागि अझ सुरक्षित, समावेशी र समानतायुक्त देश बनाउने अभियानमा सक्रिय हुनु पर्दछ”, उनले भने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय यौनिक तथा लैंगिक समुदायको आवाज सुन्ने सरोकारवाला निकाय रहेको बताउँदै मन्त्री सुडीले मन्त्रालयले समुदायको जागरूकता बढाउन प्रादेशिक र स्थानीय स्तरमा विभिन्न किसिमका क्षमता अभिवृद्धि, जीविकोपार्जन र अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

निल हिरा समाजका कार्यकारी निर्देशक मनीषा ढकालले संविधानमा व्यवस्था गरिएको यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस