१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बांङ्लादेश र पाकिस्तानबीच सुरु भयो सिधा व्यापार 

अ+ अ-

ढाका । बांङ्लादेश र पाकिस्तानले दशकौंदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बांङ्लादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरु भएको हो ।

यी दुई देश कुनै समय एउटै राष्ट्र थिए, तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए । विभाजनपछि बांङ्लादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो ।

यद्यपि, लामो समयदेखि बांङ्लादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो, उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए ।

उनीविरूद्ध मानवताविरुद्धको अपराधको आरोप लागेको छ र अनुसन्धानका लागि बांङ्लादेशको अन्तरिम सरकारले सुपुर्दगी गर्न भनेको छ । तर, भूतपूर्व प्रधानमन्त्री हसिनाले अनुरोधलाई बेवास्ता गर्दै आएका छन् ।

त्यसयता, भारत र बांङ्लादेशको नयाँ सरकारबीचको सम्बन्धमा चिसोपन आएको छ, जसले गर्दा इस्लामावाद र ढाकाले बिस्तारै सम्बन्धलाई पुनः निर्माण गर्ने अनुकूलता बनेको छ ।

सन् २०२४ को नोभेम्बरमा पाकिस्तानको कराँचीबाट बांङ्लादेशको चटगाउँका लागि कन्टेनर जहाज चल्न थालेपछि यी दुई देशबीच प्रत्यक्ष निजी व्यापार पुनः सुरु भएको हो । दशकौँपछि यी दुई देशबीच सिधा यात्रा गर्ने यो पहिलो मालवाहक जहाज थियो ।

‘पहिलो पटक हामीले पाकिस्तानबाट ५० हजार टन चामल आयात गरेका छौँ र यो दुई देशबीचको पहिलो सरकार–सरकारबीचको सम्झौता हो,’ ढाकास्थित खाद्य मन्त्रालयका वरिष्ठ अधिकारी जियाउँदिन अहमदले मंगलबार भने ।

बांङ्लादेशको खाद्य महानिर्देशनालयले जनवरीमा सरकारी स्वामित्वको ट्रेडिङ कर्पोरेसन अफ पाकिस्तान (टीसीपी) सँग चामल आयातका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस