१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपाको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुन माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ ।

‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्ने गर्नुहुन्छ । तर, उहाँकै नेतृत्वमा सरकार चलेको समयको रेकर्ड हेर्ने हो भने सबै छर्लंग भएको छ,’ मध्य माघमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक वाचन गर्दै सांसद् ढकालले ‘उहाँले आफ्नालाई जोगाउँदै र विपक्षीलाई अनाहकमा दुःख दिँदै आउनुभएको छ ।’

२०४७ सालपछिका दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै उनले छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने टिप्पणी पनि गरे ।

‘हाम्रो पार्टीका अध्यक्ष (रवि लामिछाने)लाई जति होइन, अलिकति मात्रै अनुसन्धानमा ल्याएमा टाउको लुकाउने ठाउँ भेटिनेछैन,’ उनले भने ।

प्रधानमन्त्री रात(दिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्नुहुन्छ । तर, उहाँले सरकारको नेतृत्व गरेको बेला सबैभन्दा बढी भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकले पुष्टि गरिसकेको छ ।

आफ्नो पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सरकारले लगातार प्रतिशोध साँधेको बताएका ढकालले संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेपछि पनि सरकारले प्रतिशोध साँधेर लगातार दुःख दिएको बताए ।

‘अदालतमा विचाराधीन विषय सदनमा नबोलौँ भन्ने लागेको थियो । संसदीय विशेष समितिको प्रतिवेदन माननीय ज्यूहरूले अध्ययन नगरेको जस्तो लाग्यो,’ प्रतिवेदनको ४४९ पेज पढ्न आग्रह गर्दै उनले भने, ‘त्यहाँ ऋण लिन रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन । गोरखा मिडियामा आएको रकम परिचालन गर्ने सन्दर्भमा प्रचलित कानुनअनुसार कारबाही गर्ने भनिएको छ ।’

प्रचलित कानुन अनुसार कारबाही गर्ने भनिए पनि सम्पत्ति शुद्धीकरण र ठगीमा मुद्दा गलाइएको भन्दै उनले सरकारको आलोचना गरे । ‘प्रचलित कानुन कम्पनी ऐन २०६३ हो माननीय ज्यूहरू के तरिकासँग मुद्दा लगाइयो । कतै सम्पत्ति शुद्धीकरण, कतै ठगी यो के हो ?’ सभामुखमार्फत उनले सरकारलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस