काठमाडौँ । सरकारले ८० बढी सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार दर्जन नवनियुक्तसहित प्रदेश तथा संघीय मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।