काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको बिदाइ गरिएको छ ।
मन्त्रालयले आइतबार एक कार्यक्रमकाबीच विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका डा. पोखरेल र डा. सिंहलाई बिदाइ गरेको हो ।
४ साउन २०७८ मा भने डा. पोखरेल स्वास्थ्य सचिवमा नियुक्त भएका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा सचिव हरिप्रसाद मैनालीले आगामी दिनको शुभकामना दिए ।
सचिवद्वयको बिदाइ कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयको यो जिम्मेवारी औपचारिक रूपमा बिदा भए पनि निरन्तर सहयोगको आशा गरेको बताएका छन् ।