काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले (आज) आइतबार म्यानमारसँग खेल्दैछ।
आइतबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरु हुनेछ। आज नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् ।