१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी

अ+ अ-

काठमाडौँ, । काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन् । कामपामा वडा नं २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आयआर्जन गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा कामपाले कार्यान्वयन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (वाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेको कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । 

विद्यालयमा सफाइ गर्दा संकलन भएको कागज, कडा प्लास्टिक, रबर, खाना प्याकिङ गर्ने खोल, सुक्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई दुई वटा बाल्टिनमा राख्ने गरिएको उनले बताइन् । 

यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।

उपप्रमुख डंगोलले विद्यार्थीहरूको फोहर बिक्री गर्ने अभ्यास अवलोकन गरिन् । यसक्रममा उनले विद्यार्थीलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ ? प्राप्त भएको फोहर कसरी वर्गीकरण गर्नुहुन्छ ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के-के गर्नुहुन्छ ? जस्ता प्रश्न सोधेर व्यावहारिक ज्ञानका बारेमा जानकारी लिएकी थिइन् । उपप्रमुखले अबको योजना के छ ? भनेर सोधेको प्रश्नमा विद्यार्थीले फोहर बेचेर प्राप्त भएको रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि प्रयोग गर्ने योजना रहेको सुनाए ।

उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गर्दै उपप्रमुख डंगोलले थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरिन् । “यो प्रयास सिकाइयोग्य छ”, उनले भनिन्, “विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्नु, यो सिकाइ आमाबाबालाई सुनाउनु है ।” बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्वबोध गराउन बाबा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताइन् ।

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीनविकास महर्जनले फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनः भरणको कार्यक्रम कार्यान्वयन गरिने बताइन्।

प्रतिक्रिया दिनुहोस