काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज तरुल ७५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३४ रुपैयाँ रहेको छ । मटरकोशा ४५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, प्याज ७४ रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, बन्दा लोकल १० रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला १२५ रुपैयाँ, स्थानीय काउली १२.३३ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।


