काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसस्थित मनोविज्ञान केन्द्रीय विभागमा डा. खेमराज भट्ट नियुक्त भएका छन् ।
मंगलबार उनी प्रमुखमा नियुक्त भएको विभागले जानकारी दिएको छ ।
करिब दुई दशकदेखि अध्यापन गराइरहेका भट्ट त्रिविका सहायक प्राध्यापक हुन् । विभिन्न अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका उनी शोध कार्यमा पनि सक्रिय छन् ।