१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिआइएस म्यापिङ्बाट सडकसँग सम्बन्धित तंथ्याक संकलन गरिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन थालेको छ । 

गएको पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो । नक्साङ्कनका क्रममा यस अघि गरिएका कामबाट प्राप्त उपलब्धिलाई थप गर्दै लगिनेछ । 

कार्यक्रमलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्य सहरी व्यवस्थापन विभागले आइतबार वडाध्यक्ष, विभागीय प्रमुख र इञ्जिनियहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। त्यस क्रममा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘यसअघि नक्सा बनाउँदाको अवस्था र आवश्यकता फेरिएर सहरले अहिले फरक अवस्था धारण गरेको छ । त्यस बेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तंथ्याक तयार पार्नु पर्नेछ । यसका लागि काम थालिएको हो ।’

छलफलमा वडाध्यक्ष दलबहादुर कार्कीले, प्रचलित नामलाई मौलिक नाममा कसरी अभ्यस्त गराउन मसिना मसिना कार्यक्रम कार्यान्वयन गर्दै वृहत् नतिजा प्राप्त गर्ने बाटो समात्नुपर्ने धारणा राखे । 

अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठले, वि. सं. २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्साङ्न अवस्थालाई अद्यावधिक गरिने बताए । ‘त्यस बेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो । 

कार्यक्रमले प्रदान गरेको भौगोलिक सूचना र सेटलाइट तस्बिरको मद्दतले अहिलेसम्ममा २ हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्साङ्कन र नामाङ्कन भइसकेको छ । सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ श्रेष्ठले जानकारी दिए ।

नक्साकंनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुनेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपत्कालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तंथ्याक हुनेछन् । 

अहिले सडकहरूको नक्साङ्कन गर्ने र सूची तयार पार्ने, काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरूलाई एकीकृत गर्ने, सडकहरूको मौलिक र वैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन गर्नु तथा नक्साङ्कन गर्नु कार्यक्रमको लक्ष्य हो ।

भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुन सक्ने अवस्था छैन । 

महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरूको सिमानाको अवस्था मिलेको छैन । यसै कारण भवन र पूर्वाधारहरूको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिनेछ । 

नक्साङ्कनबाट प्राप्त तथ्याङ्कले राजस्व विभागलाई नक्सामा आधारित वैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आबद्ध गराउन सघाउ गर्नेछ । सहरी व्यवस्थापन विभागलाई घर नक्सा, यातायात र स्मार्ट टोलका लागि विश्लेषणयुक्त प्रणाली उपलब्ध हुनेछ । 

जोखिमयुक्त स्थानको पहिचान गर्न, विपद् व्यवस्थापनमा पूर्व तयारी तथा प्रतिकार्य योजना गर्न, आपत्कालीन अवस्था व्यवस्थापनका तयारीका लागि विपद् व्यवस्थापन विभागलाई काममा मद्दत हुनेछ । फोहर मैला संकलन, ढुवानी तथा व्यवस्थापनका लागि वातावरण व्यवस्थापन विभागलाई रुट निर्धारण गर्न सहज हुनेछ । नागरिकको स्वास्थ्य संस्थामा पहुँच बढाउन, रोग तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य विभागलाई सहयोग हुनेछ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुनेछ । 

ठेगानामा आधारित सामुदायिक पशुपन्छीको तथ्याङ्क राख्न कृषि तथा पशुपन्छी विभागलाई, सहकारीहरूको स्थान निर्धारण गरेर नियमन गर्न सहकारी विभागलाई, गरिबी उन्मुलन, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास विभागलाई, तथ्याङ्क विश्लेषण गर्न सूचना प्रविधि विभागलाई, सडक, पैदल मार्ग, भौतिक संरचनाहरूको योजना तर्जुमा तथा कार्यान्वयन निगरानीका लागि सार्वजनिक निर्माण विभागलाई मद्दत हुनेछ । 

अन्तरक्रियाले महानगरपालिका र वडाको नक्सा संशोधन, ठेगाना प्रणाली निर्देशिकामा संशोधन, सूचना तथा तथ्याङ्कसँग सम्बन्धित पोर्टलहरूलाई अन्तरआवद्धता गराउन, नामाकरण गर्ने प्रक्रियामा स्थानीयहरूसँग अन्तरक्रिया गर्नु पर्ने आवश्यकता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस