काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ। आज चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरु हुन लागेको हो। यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ।
नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल बेलुकी ६ बजे सुरु हुनेछ । प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरू एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताका लागि अन्तिम टोलीको घोषण पनि गरिसकेको छ ।