११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीको खड्ग आधारभूत विद्यालयद्वारा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

अ+ अ-

गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ८ मर्भुङ मैदानमा अवस्थित खड्ग आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। 

विद्यालयको ऐतिहासिक महोत्सवमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल तथा विशेष अतिथिका रूपमा उपाध्यक्ष उपेन्द्र अर्याल, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, वडा नं ८ का अध्यक्ष सूर्य बहादुर घर्ती क्षेत्री, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, राजनीतिक दलका वडा कमिटी प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, पूर्व शिक्षक, विद्यार्थी तथा स्थानीय संघ-संस्थाका प्रतिनिधि एवं स्थानीय वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर केसीले गरेका थिए । विद्यालयका प्रधानाध्यापक भोजराज अर्यालले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक योगदानबारे प्रकाश पारे । समारोहमा स्थानीय शिक्षाविद् चूडामणि अर्याल, वडा अध्यक्ष सूर्य बहादुर घर्ती क्षेत्री, पालिका अध्यक्ष देवीराम अर्याल, तथा प्रमुख अतिथि द्रोण बहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले गुल्मीको विकट भेगमा रहेको यस विद्यालयले शिक्षाको उज्यालो फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाको लागि सबै पक्षको सहयोग अपरिहार्य रहेकोमा जोड दिए । 

पालिका अध्यक्ष देवीराम अर्यालले विद्यालयको भौतिक विकास तथा अन्य आवश्यक पूर्वाधार सुधारमा पालिकाले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि खत्रीले विद्यालयको समृद्धि शिक्षक, व्यवस्थापन समिति तथा अभिभावकहरूको समन्वयमा निर्भर हुने उल्लेख गर्दै विद्यार्थीहरू देशको उज्ज्वल भविष्यका कर्णधार भएकाले उनीहरूको शिक्षामा कुनै पनि सम्झौता हुन नहुने बताए । 

कार्यक्रमका अवसरमा विद्यालयको इतिहास, शैक्षिक योगदान, आर्थिक तथा अन्य सहयोगदाताहरूको विवरण, दिग्गज व्यक्तित्वहरू एवं विद्यार्थीहरूको लेख रचना समेटिएको खड्ग स्मृति स्मारिका विमोचन गरिएको थियो। प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरूले स्मारिकाको लोकार्पण गरेका थिए । 

यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, पूर्व प्रधानाध्यापकहरू, पूर्व शिक्षकहरू, शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरू तथा विद्यालयको अक्षयकोषमा योगदान गर्ने दाताहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो।

स्वर्ण महोत्सवलाई थप उल्लासमय बनाउन विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले लोक नृत्य तथा गायन प्रस्तुत गरेका थिए। साथै, खुला लोक भजन प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। विद्यालयको ५० वर्षे यात्रालाई स्मरणीय बनाउन आयोजित यो विशेष समारोहले शैक्षिक योगदानको कदर गर्दै विद्यालयको उज्ज्वल भविष्यका लागि नयाँ ऊर्जा थपेको सहभागीहरूको प्रतिक्रिया थियो।

प्रतिक्रिया दिनुहोस