२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टर ? भन्दै संसदमा रास्वपाको प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले नेपालमा आगलागी र त्यसबाट मानिसहरू जलनमा पर्ने क्रम बढेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले अघिल्लो शनिवार खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी भएको बताइन् । शनिबार भएको कारणले गर्दा खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा मानवीय क्षति नभएको ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

हिजो शनिबार पोखरामा बेलुन पड्किएर त्यसको जलनबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रभावित भएको बताइन् । दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । सांसद कंसाकारले दुवैको स्वास्थ्य लाभको कामना गरिन् ।

सांसद कंसाकारले काठमाडौँकै कमलपोखरी स्थित शानदार मम सेन्टरमा आगलागी भएको पनि स्मरण गरिन् । उक्त आगलागीबाट पीडित भएकाको उद्धारका लागि एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गरिएको बताइन् ।

‘तर, अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यू र मेयरज्यूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन् ।

शान्दार मममा भएको ग्यास विस्फोटमा परेर चार जनाको मृत्यु भएको छ ।

नेपालमा आगलागीको घटना बढिरहेको भन्दै उनले सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्ने बताइन् । ‘नेपालमा अकुपेस्नल सेफ्टी एण्ड हेल्थलाई प्राथमिकता दिइँदैन । जसका कारण उच्च पदस्थ व्यक्तिहरू समेत दुर्घटनाको सिकार भइरहेका छन्,’ उनले भनिन् । थिंक सेफ्टी, डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित हुन पुगेको उनको भनाइ छ ।

जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने उनले बताइन् । यही आवश्यकता महसुस गरेर आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको पनि उनले स्मरण गरिन् ।

आफूले सात महिना अगाडि नै दर्ता गरेको उक्त विधेयक अगाडि बढ्न नसकेको भनेर उनले सदनकै ध्यानाकर्षण गरिन् । जलनै कारण नेपालमा वार्षिक ६० हजार देखि ६५ हजार नागरिक जल्ने गरेको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले आफूले ल्याएको विधेयक पारित गरे क्षति न्यूनीकरण गर्नमा मद्दत पुग्ने बताइन् ।

‘जलन विधेयक पारित गरौँ । जलन उपचार केन्द्र स्थापना गरौँ र आवश्यक स्रोत साधन, दक्ष जनशक्ति तथा आपतकालिन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण होस्’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस