१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको नीति आयोगले पायो पूर्णता

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले पूर्णता पाएको छ । यसअघि सम्म तीन सदस्यीय रहेको आयोग यस पटकदेखि पाँच सदस्यीय बनाइएको हो । आज दुई सदस्य नियुक्त पछि आयोग पूर्ण भएको हो ।

आज बसेको मन्त्रीपरिषद् बैठकले नृपबहादुर सुनार र कर्णबहादुर कुँवरलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सुनार नेपाली कांग्रेस तथा कुँवर नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका हुन् । सुनार कांग्रेस जिल्ला सचिव हुन् भने कुँवर एमाले प्रदेश सचिवालय सदस्य हुन् ।

नवनियुक्त सदस्यहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

यसअघि उपाध्यक्षमा राना तथा सदस्यहरूमा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भइसकेका छन् । राना र भण्डारी कांग्रेस कोटाबाट उपाध्यक्ष र सदस्य नियुक्त हुँदा चन्द नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस