१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात मन्त्री दाहालले भने- ‘सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुनु आवश्यक’

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार एसियाली विकास बैंक (एडीबी) र मन्त्रालयको आयोजनामा काठमाडौँमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातबारे भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताए ।

नेपालको सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक-निजी साझेदारी (पीपीपी) अवधारणा मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिने बताए ।

यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागिता स्वागतयोग्य रहने उनको भनाइ छ ।

यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवं व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने मन्त्री दाहालले बताए ।

यातायात क्षेत्रमा स्वच्छ ऊर्जा तथा इन्धन उपयोगलाई सरकारले प्रोत्साहन गरिरहेको भन्दै उनले यसका लागि चाहिने चार्जिङ स्टेसन, पार्किङ, मर्मत लगायत पनि थप व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले सहरीकरण र सहर विस्तार नियमित प्रक्रिया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताए ।

तर, सहरीकरण विस्तार र विकास व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाइनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस