२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपा प्रमुख साहद्वारा ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मंगलबार आयोजना गरिएको ‘मेलमिलाप प्रवर्द्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र साह सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डंगोलसहितले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कामपाका प्रमुख कामपा प्रमुख साहद्वारा ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पणले सूचीकृत एक सय २५ जना मेलमिलापकर्तालाई शपथ गराएका थिए । मेलमिलाप प्रवर्द्धनमा कामपाले निर्माण गरेको म्युजिक भिडियो समेत सार्वजनिक भएको थियो । कामपाले २०७९ चैत १५ र १६ गते काठमाडौँमा न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव, सिकाइ र भोगाइ आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले ‘११ बुँदे काठमाडौँ घोषणा’ जारी गरेको थियो ।

न्यायिक समितिका पदाधिकारीहरूका बीचमा क्षेत्राधिकार, समितिको भूमिका, समिति सम्बद्ध कानुनका विषयमा थप स्पष्ट हुने अपेक्षा राखेर आयोजना गरिएको सम्मेलनमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियालगायत विषयमा प्रस्तुतीकरण, टिप्पणी, अनुभव प्रस्तुतिसहित अन्तरक्रियात्मक संवाद भएको थियो ।

न्यायिक समितिको दिशालाई निर्देशित गर्न सम्मेलनले देखाएको बाटो र प्रक्रियासम्बन्धी निचोडलाई दिग्दर्शनमा समेटिएको छ । यसले भौगोलिक, सामाजिक, आर्थिक विविधताका बिचमा समितिले अवलम्बन गर्नुपर्ने साझा मार्ग निर्देशित गर्नेछ । यसलाई सबै स्थानीय तहमा पुर्‍याइनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रियाबाट स्थानीय तहको न्यायिक समितिले काम गर्छ । कानुनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्त प्रचलित ऐन कानुनको मूल्यमान्यता समितिका मार्ग हुन् ।

यसअन्तर्गत कामपाको न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण गरेको छ । कूल छ सय आठ वटा विवाद निरूपण हुँदा तीन सय २६ वटा विवादमा निर्णय भएको छ भने एक सय ४१ विवाद मेलमिलापको माध्यमबाट समाधान भएको छ ।

महानगरपालिकाले अहिलेसम्म ५२ हजार सात सय ४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिसकेको छ । चालु आर्थिक वर्षको यस अवधिमा मात्र छ हजार आठ सय ४७ जनाले सेवा प्राप्त गरेको कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस