२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीमाथि भएको आक्रमणको घटनाले गम्भीर प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले काठमाडौँको ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि भएको आक्रमणको घटनाले गम्भीर प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद लामाले उक्त समूहको नाइकेलाई राजनीतिक दबाबका कारण प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाइन् ।

ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ ।

‘ठमेलमा ड्युटीमा खटिएको प्रहरीको टोलीमाथि मध्यरातमा एक जँड्याहा र अपराधिक समूहले आक्रमण गर्‍यो । त्यो समूह अहिलेको सरकारका प्रधानमन्त्रीको पार्टीसँग आबद्ध रहेछ,’ उनले भनिन्, ‘त्यो समूहको नाइकेलाई माथिको आदेश भन्दै अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । यो घटनाले गम्भीर प्रश्न उठेका छन् ।’

गुण्डागर्दी गर्ने राजनीतिक संस्कारविरुद्ध बोल्दै उनले कुन चाहिँ उद्देश्यले विद्यार्थी नेता पुगेको भन्दै उनले प्रश्न गरिन् ।

‘मध्यरातमा ठमेलको गल्लीमा गुण्डागर्दी गर्ने कस्तो राजनीतिक संस्कार सिकाइँदै छ ? रातिराति ठमेलका गल्लीमा कुन चाहिँ राजनीतिक उद्देश्य पूरा गर्न विद्यार्थी त्यहाँ पुगे ?,’ सांसद लामाको प्रश्न छ, ‘प्रहरी सुरक्षित नभएको देशमा प्रधानमन्त्रीले कसरी नागरिक सुरक्षाको कुरा गरिरहेका होलान् ? त्यसकारण राजनीतिक आडमा हप्ता असुली र गुण्डागर्दी तत्काल बन्द गरियोस् । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस