१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ: मुख्यमन्त्री आचार्य

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताएका छन् । 

उनले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यो समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए । 

सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो-नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनको समस्या देखिनु गम्भीर विषय भएको बताए । 

“लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ, त्यसैले कतिपय समस्या हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौँ, तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ”, उनले भने, “दुवै देशले सिमानामा विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।”

प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उनले बताए । सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमामा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले बताए । 

मुख्यमन्त्री आचार्यले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचविखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए । बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता भएको कार्यक्रममा नेपाल र भारतका नीति निर्माता, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा सुरक्षित आप्रवासन र मानव बेचविखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचविखन नियन्त्रणको रणनीति विकासका बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस