काठमाडौँ । ड्रुक कानिङ छयोईलिङ गुम्बाद्वारा आयोजित १६ औँ विश्व शान्ति पूजा तथा बृहत् कार्यक्रम सम्पन्न भएको छ ।
तामाङहरूको सोनाम ल्होछार मञ्जुश्री सम्वत २८६१ डुल (सा पुख्री) सर्प वर्षको अवसरमा गत माघ २३ गतेदेखि २५ गतेसम्म छयोईलिङद्धारा आयोजित १६ औँ विश्व शान्ति पूजा तथा नव निर्माणाधीन गुम्बा अवलोकन कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सुनापाति गाउँपालिका अध्यक्ष ढुलो कान्छा तामाङ, विशेष अतिथि धर्म गरु जिग्मे घेलेक रहेका थिए ।
यस्तै कार्यक्रममा नेपाल तामाङ ताम्बा घेदुङ, नेपाल राष्ट्रिय तामाङ घेदुङ र स्थानीय ताम्बाहरु एवं स्थानीबासीहरुको उपस्थिति रहेको थियो ।
