१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्षेत्रको समग्र विकासका लागि अगाडि बढेका छौँ-मुख्यमन्त्री शाह

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार अगाडि बढेको बताएका छन् । 

कृषि विकास निर्देशनालय डोटीले धनगढीमा आयोजना गरेको ‘प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१’को आज उद्घाटन गर्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए ।

“उत्पादन बढाउन, युवा शक्तिलाई कृषि क्षेत्रमा कसरी जोड्न सकिन्छ भन्नबारे सबैको चासो र चिन्ता छ । यसमा ठोस रूपमा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पनि मान्यता छ”, मुख्यमन्त्री शाहले भने, “उत्पादनको क्षेत्र पहिचान गरेर कृषिमा जोन छुट्याएर काम गर्ने र ठूला व्यावसायिक केन्द्र निर्माण गर्ने सन्दर्भमा आगामी आर्थिक वर्षमा केही न केही योजनाका साथ अगाडि बढ्ने छौँ ।”

उनले कृषि उत्पादन बढाउने र बजारीकरणका लागि राज्यले नै भूमिका निभाउनु पर्ने भन्दै यसमा प्रदेश सरकारले पनि आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रदेश सरकारले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मुख्यमन्त्री शाहले कृषि अनुदान वास्तविक किसानको हातमा पर्ने गरी व्यवस्थित गरिने बताए । उनले भने “कृषि क्षेत्रको अनुदानलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, वास्तविक किसानको हातमा अनुदान पर्ने गरी कसरी जान सकिन्छ भनेर छलफल गरिरहेका छौँ । यसमा निश्चित विधि बनाएर अगाडि बढ्छौँ ।”

आजदेखि सुरु भएको मेला यही माघ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा कृषि तथा पशुपन्छी क्षेत्रका विभिन्न प्रकारका प्रदर्शनी स्टल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस