कैलाली । कैलालीको गोदावरीमा आमा-छोरी मृत अवस्थामा भेटिएका छन् ।
गोदावरी नगरपालिका-११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिएका २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिए । डीएसपी बोहराका अनुसार उनीहरू दुवै जना बिहीबार साँझ साढे ७ बजे चारकोठे टिनको छानो भएको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।