२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश महिना कैद भुक्तान गरेका युवक ठगी मुद्दामा फेरि पक्राउ

अ+ अ-

काठमाडौँ । अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार साँझ पुनः पक्राउ परेका छन् ।

विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौतहटको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन् ।

निजले विभिन्न ‘डिजिटल वालेट’को कर्मचारी भएको र ‘वालेट आइटी’ बैंक खातासँग ‘लिङ्कअप’ तथा नवीकरण, ग्राहक पहिचान फारम अद्यावधिकलगायत कार्य गरिदिन्छु भन्दै सर्वसाधारणको वालेटमा अनधिकृत पहुँच पु¥याइ रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनले अनलाइन ठगी गरेको रकम ‘टेलिग्राम’मा विभिन्न व्यक्तिमार्फत ‘क्रिप्टो करेन्सी’ साट्न प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेका ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा साह विभिन्न चार वटा अनलाइन ठगी मुद्दामा फरार रहेको पाइएको छ । प्रहरीले उनका साथबाट ‘मोबाइल’ दुई थान, नेपाली र भारतीय ‘सिमकार्ड’ १६ थान र सवारी धनी पुर्जा एक थान बरामद गरेको छ ।

‘खाता विवरण शेयर नगरौँ’

यसैबीच, ब्युरोले अनलाइन ठगी हुनबाट बच्न आफ्नो वालेट तथा बैङ्क खाताको विवरण र प्राप्त ‘ओटिपी पासवर्ड’ कसैसँग पनि ‘शेयर’ नगर्न आग्रह गरेको छ । अनलाइन ठगीका घटना बढोत्तरी भएसँगै ब्युरोले अपरिचित व्यक्तिबाट आएको ‘फोन’ तथा लिङ्क विश्वासमा परी ‘क्लिक’ नगर्न र आफ्नो विवरण शेयर नगर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस