काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ४.४५ अंक घटेको छ । सो अंकको गिरावटपछि २७११ मा कायम भएको छ । समग्र बजार घट्दा पनि कारोबार रकम केही बढेको छ ।
अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९५ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने ७ को स्थिर रह्यो ।
समग्र बजार घटे पनि फाइनान्स सेक्टरमा उत्साह देखिएको छ ।