काठमाडौँ। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो एक बजे बस्नेछ ।
प्रदेश सभा सचिवालयकाअनुसार बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्दैछन् ।
यस्तै, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९/०८० सभामा पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।