२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालले तोक्यो विभागीय प्रमुख, केन्द्रीय समितिको बैठक आह्वान

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी फागुन १९, २० र २१ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीले केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तोकेर त्यसको परिपत्रसमेत गरेको छ ।

परिपत्रअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी मधेसका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता लालबाबु राउतलाई दिइएको छ भने उपप्रमुख लाक्पा शेर्पा बनेका छन्।

यस्तै सुरेशकुमार मण्डललाई पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख तोकिएको छ भने अम्बिका काफ्ले उपप्रमुख तोकिएकी छन्।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुख रेणुका सिंहले जिम्मेवारी पाएकी छन् । प्रचार विभाग प्रमुखमा पूर्णबहादुर बस्नेत तोकिएका छन् भने उपप्रमुख शम्भु झा बनेका छन् ।

यसैगरी प्रमीला यादवलाई महिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने शशी लिङ्देन उपप्रमुखमा चयन भएकी छन्।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र उपप्रमुखमा अब्दुल कलाम अन्सारी तोकिएका छन्।

पार्टीको सामाजिक सेवा तथा गैरसरकारी विभाग प्रमुखमा विनीता यादव र उपप्रमुखमा विणा सिन्हान, कृषि तथा भूमि विभाग प्रमुखमा सञ्जय सिंह र उपप्रमुखमा मालामति राना थारू चयन भएकी छन् ।

यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा चन्द‍ेश्वर पासवानलाई जिम्मेवारी दिइएको छ । सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा उदयकान्त मिश्र र उपप्रमुखमा रामबहादुर जाग्री तोकिएका छन् ।

यस्तै शिक्षा विभाग प्रमुखको जिम्मेवारी योगेन्द्र यादव र उपप्रमुखमा अन्जेस दाहाल लाई चयन गरिएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा लक्ष्मण गुरुङलाई चयन गरिएको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरूका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ, जसमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह रहेका छन् ।

यस्तै किरात लिम्बुलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा आन्दोलनकारीमाथि सरकारले गरिरहेको दमन, धरपकडजस्ता कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको जसपा नेपालले ठहर गरेको छ ।

साथै पार्टीले उक्त कार्यको विरोध र भर्त्सना गर्दै पक्राउ परेकाहरूको रिहाई तथा घाइतेहरूको स्वास्थ्य उपचार गरी दमन कार्यलाई यथाशीघ्र बन्द गर्न र सरोकारवालाहरूसँग यथाशीघ्र वार्ता गरी समस्यालाई सम्बोधन गर्न माग गरेको छ ।

त्यसैगरी पार्टीको केन्द्रीय सदस्यहरूमा आत्माराम साह, खेमनारायण यादव, दिलबहादुर लामा र ध्रुव राई मनोनीत भएका छन् । पार्टीको विधानको धारा ३५ अनुसार सुमन कुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस