२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन एसएसपी अधिकारीको निर्देशन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।

मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने क्रममा मंगलबार प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘‘विनाशाय च दुष्कृताम्’ उल्लेख गरे । यो श्लोकमा भनिएझैँ गलत काम गर्ने विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिएका हुन् ।

प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्त्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरूलाई निर्देशन दिए ।

‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्त्वपूर्ण एजेन्डाका रूपमा लिनुपर्छ’, उनले भने, ‘तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रूपमा प्रस्तुत हुन सक्नुपर्छ ।’

सेवाग्राही र पीडितका लागि प्रहरी साथी जस्तो बन्नुपर्ने तर, दुष्कर्म गर्नेका लागि भने प्रहरीले कठोरतापूर्वक काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यस्ता व्यक्तिविरुद्ध प्रहरीले जेरो टोलरेन्स (शून्य सहनशीलता) को नीति अपनाउनुपर्छ ।’

यदाकदा एउटा प्रहरीले गरेको खराब कामले सिंगो संगठनमाथि आक्षेप लाग्ने गरेको भन्दै उनले त्यस्ता प्रवृत्ति भएका व्यक्ति चाहे संगठनभित्र हुन् या बाहिर त्यसलाई पहिचान गरेर निर्मूल गर्नुपर्ने अधिकारीले बताए ।

एसएसपी अधिकारीले प्रहरी संगठनमा सबैभन्दा बढी संख्यामा रहेका प्रहरी जवानको काम, कारबाही प्रशंसा गर्दै उनीहरूको मनोबललाई उच्च राख्न अधिकृतहरिले भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस