काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् ।
बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटक-पटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए ।
तर रास्वपा सांसदहरु यथास्थानमा उभिइरहे । पछि उनीहरू १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई संसदबाट निलम्बन गरिएकोमा रास्वपा सांसदहरु विरोधमा छन् । उनीहरूले निलम्बनको प्रक्रिया नमिलेको भन्दै निलम्बन फुकुवा हुनुपर्ने माग गर्दै आएका छन् ।
आजै रास्वपा सभापति रवि लामिछानेले सभामुखलाई भेटेर निलम्बन फुकुवा गरिदिन माग गरेका थिए ।