१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने

अ+ अ-

काठमाडौँ । विपक्षी दलहरूले सरकारले संसद् नरहेका बेला ल्याएका अध्यादेशको विरोध गर्ने भएका छन् । बिहीबार संसद् अधिवेशनको पूर्व सन्ध्यामा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय लिएको हो ।

सरकारसँग प्रष्ट बहुमत छ । यसकारण सरकारलाई अध्यादेश अगाडि बढाउन समस्या हुँदैन ।

संसद् सचिवालयका अनुसार शुक्रबार नै सभामा विगतमा जारी भएका अध्यादेश पेस हुनेछन् । तर, त्यसलाई स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुपर्छ । संसद्ले स्वीकृत गरेपछि अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो सरकारलाई खुला हुन्छ ।

संसद् नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ । त्यसरी ल्याएको अध्यादेश अधिवेशन सुरु भएको पहिलो दिन नै पेस गनुपर्ने र त्यसको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्छ ।

सत्तारुढ दलहरू पहिलो दिन सभामा अध्यादेश पेस गर्ने र माघ २४ गते निर्णयार्थ पेस गर्ने तयारीमा छन् । तर, अध्यादेश पेस हुँदा र निर्णयार्थ पेस हुँदा विरोध गरेर सरकारमाथि दबाब बढाउने विपक्षी दलहरूको तयारी छ ।

सरकारले माघ २४ गते अध्यादेश स्वीकृत गराएर तत्काल अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर त्यसलाई फास्ट ट्रयाकमा पास गर्ने तयारी गरेका छन् ।

अध्यादेश प्रतिस्थापन विधेयकलाई पनि फास्ट ट्र्याकमा पास गर्न नदिने विपक्षी दलहको रणनीति छ ।
उनका अनुसार सरकारले संसद् छल्न खोजिरहेको छ । यसका लागि अध्यादेश ल्याएको उनको आरोप छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे संसद्‌मा अध्यादेशको विरोध गरिने बताउँछन् । उनका अनुसार विपक्षमा रहेका दलहरूले एक स्वरमा अध्यादेशको विरोध गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस