१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सरकारले सहयोग गर्छ’ : स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताएका छन् । 

सहिद दिवसका अवसरमा नेपाली काँग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा आज आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्ने बताएका हुने । “स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यक पर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ”, उनले भने।

स्वास्थ्य मन्त्री पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि काँग्रेसले अगुवाइ गर्नसमेत आग्रह गरे । आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उनको भनाइ थियो ।

काँग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले टोखाका बासिन्दालाई स्वस्थ राख्न आगामी दिनमा टोखाभरि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।

नेपाल नेत्रज्योति संघ र आँखा अस्पताल तथा अध्ययन केन्द्रसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० व्यक्तिले आँखाको जाँच गरेको र तीन सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

काठमाडौँको टोखामा सञ्चालित जनकल्याण सामाजिक केन्द्रले हालसम्म काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर तीन सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । सोही अवसरमा आँखा शिविर सञ्चालन गर्न सहयोग व्यक्तिलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस