१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीले भने-विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन

अ+ अ-

काठमाडौँ। नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाले बहस पाइरहेका बेला सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले त्यो उचित नभएको जनाएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सक्रिय राजनीतिमा आउनुलाई राम्रो नमानिने र एमालेले त्यो विषयमा कुनै छलफल नगरेको बताए ।

‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो सम्भव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’

पूर्वपरराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले देशकै सर्वोच्च पदमा पुगेका व्यक्ति दलको सक्रिय राजनीतिमा आउने कुरा आमनेपालीले चाहेको विषय नभएको उनले बताए । एमालेमा विद्या भण्डारी र माओवादीमा नन्दकिशोर पुन राजनीतिमा आउने गरी तयारी भएको विषय बाहिर आएको विषयमा एमालेको धारणाका बारेमा पत्रकारले सोधेको प्रश्नको ज्ञवालीले त्यसो भए गलत हुने जनाएका थिए ।

नेता ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्ने गरी सरकारले काम गरेको बताए । ‘यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, राजश्व बढेको छ, विकास रोकिएका काम अघि बढेका छन्, आयात निर्यात बढेको छ’, उनले भने ।

नेता ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताए । उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताए ।

‘सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ। कानुन बमोजिम अघि बढेको छ सरकार । सबै दलमा रहेका आरोपितहरूमाथि छानबिन भइरहेको छ’, उनले भने, ‘यसमा पूर्वाग्रह राख्नुपर्ने होइन । एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन ।’

माओवादी र नेता प्रचण्डप्रति लक्षित गर्दै नेता ज्ञवालीले अस्थिरतामा रमाएर बस्ने व्यक्ति र पार्टीका कारण समय आएको बताए । ‘देशमा अस्थिर बढाएर रमाउने दल, नेतालाई सबैले चिनेको अवस्था हो, अस्थिरता खेलाडीलाई छट्पटी देखिएको छ अहिलेको कामले, गठबन्धनमा समस्या आयो भनेर रमाउनेहरू पनि छन्, तर त्यो असम्भव कुरा हो’, उनले भने ।

नेता ज्ञवालीले अमेरिकी सरकारको पछिल्लो नीतिले त्यहाँबाट आउने सहायताका काम रोकिएको र यसले पछिसम्म पनि असर पार्ने बताए । ‘ट्रम्पको चुनावी घोषणामै केही यस्ता सहयोग कटाउने उल्लेख थियो, सुरक्षित मातृत्व र आप्रवासी नीतिमा पछिसम्म कडाइ नै हुन्छ,त्यसैले नेपालको अर्थव्यवस्थामा पनि यसले प्रभाव पार्न सक्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस