काठमाडौँ । एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ।
मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन केही हदसम्म सजिलो बाटो खोलिदिएको हो।
यद्यपि नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ।
विधेयकमा कुनै व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा बाबुको नाम उल्लेख भएता पनि अहिले सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउनेछन्।
यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन। जसका कारण एकल आमाले हुर्काएका सन्तान नागर