१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाभारत जंगलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ ।

गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो । उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिकप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी निभाइएको थियो ।

केही दिनअघिसम्म डढेलोले भीषण रूप लिए पनि हाल नियन्त्रणमा आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अधिकृत चिनिकाजी श्रेष्ठले हेलिकप्टरसँगै सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको जानकारी दिए । एक हप्तापछि डढेलो नियन्त्रणमा आए पनि केही ठूलो रुखका ठुँटाहरूमा धुवाँ आइरहेको उनले बताए।

खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको जनाइएको छ । श्रेष्ठका अनुसार थामलेकस्थित चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायण स्थान सामुदायिक वन तथा नारायण स्थान सामुदायिक वन आगलागीबाट धेरै क्षति भएको भएको छ ।

यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायण स्थानमा आगलागीपछि बुधबारबाट आवतजावतमा रोक लगाइएकामा आजदेखि खुला गरिएको छ । आगलागी नियन्त्रणमा आएसँगै उक्त क्षेत्रमा जान खुला गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए। उनका नारायण स्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ को वन क्षेत्र जोखिममा भएकाले त्यस क्षेत्रमा नजान आन्तरिक एवं बाह्य पर्यटकलाई रोक लगाइएको थियो ।

यस्तै, आगलागीबाट पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरमा क्षति पुगेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रुख, जङ्गली जनावर तथा चराको बासस्थानबारे अनुगमन गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस