२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ: प्रदेश प्रमुख सुमित्रा सुवेदी 

अ+ अ-

धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताएकी छन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बताइन् । उनले भारतको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गरिन् ।

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै नेपाल-भारत सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीनाले नेपालमा पूर्वाधार विकास निर्माण, व्यापारलगायत विभिन्न क्षेत्रमा भारतीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा तथा खानेपानीमन्त्री शेषनारायण यादव, पूर्वप्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वमुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जनकपुरधामका पूर्वप्रमुख बजरंगप्रसाद साहलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस