१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बस्ने गरी सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

‘भोलि ११ बजे हामीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छौँ । भोलिको बैठकमा हामी के के निर्णय गर्ने भन्नेबारे पनि छलफल हुन्छ,’ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको छ ।

विधेयक निर्माण र राष्ट्रिय नीतिबारे बहस गर्नका लागि महत्त्वपूर्ण बनाउने गरी आजको बैठकमा छलफल भएको उनले बताए ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । उक्त दिन प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन सरकारले ल्याएका अध्यादेशहरू संसद्‌मा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस